अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी एकबाट सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सर्ने भएको छ । भरतपुर महानगर कार्यपालिका बैठकले भ्रमण वर्ष सार्ने निर्णय गरेको हो । महानगरले भ्रमण वर्षको तयारी तीव्र रूपमा गरिरहेपनि मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न निजी क्षेत्रले समेत सुझाव दिएको थियो । सोही आधारमा केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको हो ।

नारायणगढ–मुग्लिन सडक विस्तार नसकिएको, पुल्चोक–गोन्द्राङ सडकको कामसमेत अपूर्ण रहेको भन्दै भ्रमण वर्ष उदघाटन नगर्न निजी क्षेत्रले सुझाव थियो । दियालो दरबार मर्मतसम्भारको काम बाँकी रहेको, पर्यटकलाई देखाउने बाघ राख्ने खोर निर्माण नभएकाले पनि जनवरी १ मै भ्रमण वर्ष घोषणा गर्न लागेको कार्यक्रम रोकिएको हो । अब भ्रमण वर्ष २०२४ को उदाटन कहिले गर्ने भन्ने मिति तय भने आगामी पुस २२ गतेको नगरपरिषद् बैठकले गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय