चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि एक हप्ता दिउँसो आंशिक रूपमा बन्द हुने भएको छ । पोखरेभिर र विशालटार क्षेत्रमा घुम्ती सुधार र चट्टान काट्ने काम गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोकिने भएको हो ।
सडक सुधारका क्रममा निम्न व्यवस्थाहरु लागू हुनेछन् ।



१. पोखरेभिर मोड सुधारका लागि :
– नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारी गल्छी–बैरेनीमा र हलुका सवारी जरेखेतमा रोक्ने ।
– चितवनतर्फबाट नौबिसे प्रवेश गर्ने भारी सवारी चालिसेमा र हलुका सवारी घाटबेँसीमा रोक्ने ।
२. विशालटार मोड सुधारका लागि :
– मलेखुतर्फ जाने भारी सवारी बेनिघाट बजारमा र हलुका सवारी विशलालटारमा रोक्ने ।
– मुग्लिनतर्फ आउने भारी सवारी मझिमटारमा र हलुका सवारी चरौंदी बजारमा रोक्ने ।
३. विशेष सुविधा
– एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने विशेष अनुमति दिइनेछ ।
– सडक सुधारपछि घुम्ती सहज हुने र यात्राको सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ । यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ ।



