नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । शुक्रवार चालु आर्थिक वर्ष २०८०÷०८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समिक्षामा मेल खाने भएकाले नीतिगतदर हेरफेर गरिएको बताएका हुन् । उनले बजारमा कर्जाको माग बढाउनका लागि नीतिगत दरहरू घटाएको स्पष्ट पारे ।

गभर्नर अधिकारले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी गरिएको पनि बताए । उनले ऋण लिएपछि तिर्नुपर्ने स्पष्ट पार्दै राष्ट्र बैंकले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने व्यवस्था गरेको पनि जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय