काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन समितिले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारवाही गर्न माग गरेको छ । पटकपटक स्पष्टीकरण सोध्दा पनि विना प्रमाण व्यक्तिगत मानमर्दन गरेपछि अनुशासन समितिले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस गरेको हो ।

मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले यसबारेमा निर्णय गर्ने बुझिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टी अनुशासनसम्बन्धी कारबाही, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकारका कार्यविसध लगायतका विषयमा छलफल हुने छ । पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो । पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टिकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो । त्यसपछि पनि उहाँलाई पार्टीले दोहोर्याएर स्पष्टिकरणको मौका दिएको थियो ।

ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्य पनि नरहने गरी कारवाहीको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय