अभियन्ता दुर्गा प्रसाईले मेडिकल कलेजको सम्बन्धन पाएपनि आफूले थालेको अभियान नछोड्ने बताएका छन । आज बाँकेको नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नागरिक बचाउ अभियान जारी रहने बताएका हुन । प्रसाइँले जनतालाई कुनै हालतमा मर्न नदिने र अधिकार सुनिश्चित नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

प्रसाइ नेतृत्वको राष्ट्र, राष्ट्रियता , धर्म संस्कृति र नागरिक बचाउ अभियानले आज नेपालगञ्जमा कार्यक्रम गरेको हो । अभियानले २२ गते जुम्ला र २४ गते दाङमा पनि कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय