काठमाडौं । मेलम्चीको पानी आजबाट काठमाडौंमा वितरण हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्नु हुने कार्यक्रम छ ।
मीनभवन, अनामनगर, महाँकालचौर, भक्तपुर, रिगनी, खुमलटार, बाँसबारी र बालाजु क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने छ ।



प्रधानमन्त्री दाहालले एक महिना अघि खानेपानी मन्त्री महिन्द्र राय यादवलाई मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएपछि मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।
बाढी, पहिरोले अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने छ ।



