मोरङको लेटाङ नगरपालिका ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए राति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र जिल्ला मोरङ, पथरीशनिश्चरे गाँउपालिका ८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए । घाइतेलाई उपचारका लागि क्रमशः मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो । उपचारका क्रममा असोज १६ गते राति कुमार नेपाली र असोज १७ गते सन्देश नेपालीको चिकित्सकले मृत्यु भएको घोषणा गरेको छन् ।






