पूर्व–पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा यात्रु बस र मोटरसाइकल एक आपसमा ठोक्किएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको स ५प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई पल्टिएको थियो ।

बसमा सवार उदयपुरकी मैया राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार घाइतेको उपचारकालागि घर्मेश्वर अस्पताल कञ्चनपुर पुर्याइएको छ भने मोटरसाइकल चालक कञ्चनरुप–२ बरमझियाको करिब २५ वर्षीय सुमित पण्डितको अवस्था गम्भीर रहेकोले उपचारको लागि बिराटनगर लगिरहेको परिवारजनले बताएको छ । दुर्घटना बिहान करिब साढे ६ बजे भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय