काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियान सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्यो ।

सो क्रममा लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मालाई कोसी उपहार दिए । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो । राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पैशा सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोखे । साथै मुखियाले जङ्गल बस्न समस्या रहेको बताउदै समस्या बुझ्ला (बुझ्नुहोला) भनेर ओलीज्यूलाई भेट्न आयाको (आएको) बताए । पहिलापनि सहयोग गरेको स्मरण गर्दै अब पनि केही सहयोग अपेक्षा सहित भेट्न आयाका (आएको) बताएका थिए । राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरे ।

 

अध्यक्ष ओलीले राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पु-याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार रहेको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय