काठमाडौं । हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा राजश्व अनुसन्धान विभागले कपडा व्यवसायीलाई पक्राउ गरेको छ । गएराति व्यवसायी नरेश अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब सवा दुई करोड नगदसहित नियन्त्रणमा लिएको हो । अवैध कारोबारमा अग्रवालको टिम नै संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । अग्रवालसहित अन्य दुई जनालाई पनि राजश्वले आफ्नो हिरासतमा लिएको छ ।
कपडा व्यवसाय गर्दै आएका अग्रवाल अवैध धन्दा गर्दै आएको आशंकामा उनी माथि विभागले लामो समय देखि निगरानी गर्दै आएको थियो । अग्रवालले कपडा व्यवसाय गर्दैआएको बाहिर देखिएपनि भित्र सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुसन्धानबाट खुलेको छ ।



केहि समय अगाडी प्रकाशीत यो समाचारमा भूलबस गलत फोटो प्रकाशित हुन पुगेकोमा हामी क्षमाप्राथी छौ ।




