काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । पक्राउ गरेपछि लामिछानेले आफुलाई आकाश मार्गबाट नभई सडकमार्ग हुँदै लैजान भनेपछि राति नै पोखरा लगिएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ । सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै उहाँलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय