काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०८१ लाई पार्टी प्रवेश वर्षको रूपमा अघि बढाउने निर्णय गरेको छ । राप्रपाले असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्न लागेको हो ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वदेश तथा विदेशमा आफ्नो एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकाल्दै असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको थियो ।



बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिनुको साथै चावहिलमा पार्टीको कार्यालय भवन निर्माणका आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको छ ।



