रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर–३ लेखर्कमा शनिबार राति गएको पहिरोमा बेपत्ता भएका ४ मध्ये ३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयले खोजी गर्दा ७५ वर्षीया पुडकी पहरीको शव भेटिएको हो । ५५ वर्षीय काले पहरी, ५४ वर्षीया, झ्याउँकिरी पहरी र २३ वर्षीया बिन्दा पहरी अझै भेटिएका छैनन् । पहिरोमा परेर ६ जनाको मृत्यु भएको थियो । पहिरोले पुरै बस्ती जोखिम भएपछि त्यस क्षेत्र वरपरका बस्तीका १ सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले २ र ३ नम्बरको सीमानामा रहेको अँधेरी खोलको पक्की पुल समेत पूर्णरुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय