काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले खाद्य तथा कृषि संगठनले नेपालमा विशेष गरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि एवम् सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिनु भयो । साथै नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय