राष्ट्रिय खेलकुद परिषद् राखेपका कर्मचारी आन्दोलित भएका छन । बढुवा प्रक्रिया रोकिएको भन्दै सुरु गरेको पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरुले आज कालोपट्टी बाँधी पेन डाउन गरि विरोध गरेका हुन । कर्मचारीहरूले त्रिपुरेश्वरस्थित राखेप परिसरमा उपत्यकामा रहेका कर्मचारीहरुको कोणसभा गर्दै आन्दोलन सुरु गरेका हुन् ।पुगेपनि युवा तथा खेलकुद मन्त्रालयले प्रक्रिया अघि बढाएको छैन ।
कर्मचारीहरूले आफूहरूको माग सुनुवाइ नभएमा थप कडा आन्दोलन गर्दै जाने चेतावनी दिएका छन । सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ति समितिले तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रिया अघि बढाएको थियो । तर बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध र्पुयाइरहेको कर्मचारीको आरोप छ ।



राखेपमा करिव तीन दशकसम्म कर्मचारीको बढुवा हुन सकेको छैन । केही खेलका प्रशिक्षकले पनि दुई दशकदेखि एउटै पदमा रहेर काम गरिरहेका छन । देशभर ७७ जिल्ला र केन्द्रमा गरेर करारसहित करिव आठ सयभन्दा बढी कर्मचारीहरू परिषदमा छन ।
https://amzn.to/45vD2WM



