काठमाडौं । २०७५ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल विताएका राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिदैछ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जनाको पदावधि आज सकिन लागेको हो । नेकपा एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक र राष्ट्रपतिबाट मनोनित एक जना गरी २० जना रहेका छन् । उहाँहरुको ठाउँमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् भने एक जना सदस्यको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नु हुनेछ । सोमबार उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनेछन् । ६ वर्ष कार्यकालको समय पाएका २० जना सांसदको आज बिदाइ हुँदैछ ।






