काठमाडौं । राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता अहिले बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।
संघीय संसद सचिवालयका अनुसार उम्मेदवारको नामावली आजै प्रकाशन हुनेछ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।






