प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन । आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप लगाएका हुन । मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको भन्दै महामन्त्री थापाले झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको बताए ।
महामन्त्री थापाले काँग्रेस भित्र पनि मति बिग्रेका नेताहरु भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने स्वीकार गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताए ।



नेता पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गरे । सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले काँग्रेसलाई फेरि मुलुकले सत्तामा पु¥याउने जिकिर समेत गरे । काँग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता सांसद पौडेलले औल्याए ।



