काठमाडौं । चितवनमा बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको कारमा आगजनी गरिएको छ ।

रेलमार्गको सर्भे गर्न पुगेको विभागका कर्मचारी सवार गाडीमा आगजनी भएको चितवन प्रहरीले जनाएको छ । आगलागीबाट कारको अगाडीको भागमा क्षति पुगेको छ । आगो निभाउन दमकलको सहयोग लिइएको थियो ।

रेलमार्ग बनाउने विषयमा विवाद चर्कदै गएपछि स्थानीयले विभागको कारमा आगो लगाइदिएका थिए । यसअघि पनि सोही विषयमा विवाद चर्केपछि सर्वेको काम रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय