रौतहटको चन्द्रपुर–४ स्थित राजमार्गको पश्चिम धन्सार पुल नजिक सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निजगढबाट चन्द्रनिगाहपुर जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र विपरित दिशाबाट आइरहेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

मोटरसाईकलमा सवार सुनसरी जिल्ला धरान उपमाहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का बिबस सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीले चालक र टाटा सुमोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय