लगानीको वातावरण सुधार तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’को मस्यौदामाथि छलफल गर्न आज कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रस्तावित विधेयकका विभिन्न प्रावधान, विद्यमान कानुनी व्यवस्थामा गर्नुपर्ने संशोधन तथा लगानी र पूर्वाधार विकासमा देखिएका कानुनी अवरोधका विषयमा छलफल गरिएको छ। मस्यौदामाथिको छलफलमार्फत सरोकारवाला पक्षका सुझाव संकलन गरी विधेयकलाई थप परिष्कृत बनाउने उद्देश्य राखिएको छ।

लगानीमैत्री वातावरण निर्माण, पूर्वाधार आयोजनाको कार्यान्वयनमा सहजता तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउने विषय विधेयकको महत्त्वपूर्ण पक्षका रूपमा रहेका छन्। सरकारले प्रस्तावित संशोधनमार्फत लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी व्यवस्थालाई समयानुकूल बनाउने प्रयास गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय