पोखरा । सहकारीको बचत रकम ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेमा लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई र रामबहादुर खनाल रहेका छन् ।

त्यस्तै अदालतले देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

उहाँहरु सबैविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

यसैगरी कास्की जिल्ला अदालतले सहकारी बचत रकम ठगी प्रकरणमा नै समातिएका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई अनुसन्धानका लागि थप २० दिन म्याद थप गरेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशी असोज ६ गते पक्राउ पर्नुभएको थियो भने अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई भने अझै फरार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय