काठमाडौं । लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका जोखबहादुर महराले आइतबार राजीनामा दिनुभएपछि आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्नु हुनेछ । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
यस्तै बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले आज दाबी पेस गर्दैछ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई राजीनामा दिइसकेका छन् । प्रदेश प्रमुख शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।



अब नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दाबी पेस गर्नेछन्। लामाको नियुक्ति भने भोलि साँझ ५ बजेपछि मात्रै हुनेछ।



