काठमाडौं । नेपाली काँग्रेसका सांसद दीपक गिरीले काँग्रेस र एमालेबीच भएको संवादबाट कोही आत्तिनु नपर्ने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गिरीले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताउनु भयो । उहाँले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमाले बीचमा संवाद र सहकार्य गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले चौतर्फी निराशा फैलिएको बेला दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार पैदा गराएको बताउनु भयो ।

उहाँले कांग्रेस र एमालेका नेताबीच भएको भेटवार्तालाई सकारात्मक रुपमा लिन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय