काठमाडौं । आर्थिक वर्ष २०७९-८० मा लोक सेवा आयोगले मागेको ४६ पदमा मागेको विभिन्न पदमा दरखास्त नै परेन । सार्वजनिक गरेको प्रतिवेदनमा मेडिसिन कार्डियोलोजी, नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्यूरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलगायतका पदमा कुनै पनि दरखास्त परेन । लोकसेवाले ती पदमा आन्तरिक र समावेशी गरी ४६ पदमा मागेको दरखास्तमा कसैको पनि दर्खास्त नपरेको हो ।

यसअघि आ.ब. २०७८-०७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी गरी ४३ पदमा पनि दरखास्त परेको थिएन । आ.ब. २०७७-०७८ मा स्वास्थ्य सेवाका कन्सल्टेन्ट प्लास्टिक सर्जन, कन्सल्टेन्ट हेमाटोलोजिस्ट सर्जनलगायत ७७ पदमा पनि दरखास्त परेको थिएन ।

लोक सेवा आयोगको वार्षिक प्रतिवेदनमा हरेक वर्ष सार्वजनिक गर्ने विभिन्न प्राविधिक सेवाका पदमा कुनै पनि दरखास्त पर्दैनन् । बजारमा नहुने र भइहाले पनि अध्ययनलगत्तै ती जनशक्ति बिदेसिने भएकाले धेरै प्राविधिक सेवाका पदमा दरखास्त नपरेको अनुमान आयोगको छ । पछिल्लो समय यूवा जनशक्ति विदेशीनेको संख्या बढेसँगै दक्ष जनशक्ति देशमा नभएको स्पष्ट भएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा निजामती सेवाको टाइपिष्ट पदका १३ वटा विज्ञापनमा र अन्य सेवाका १५ वटा गरी कुल २८ वटा विज्ञापनका विभिन्न पदमा र आर्थिक वर्ष २०७५-०७६ मा प्रकाशित निजामती सेवातर्फका १७४ स्थानीय तहका ५९६ विज्ञापनमध्ये टाइपिस्ट पदका ११ वटा र न्याय र कानुन समूहको उपसचिव दलित समूहको पदमा दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय