काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भनि बनेको नयाँ समीकरणलाई समर्थन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब नयाँ बन्ने सरकारमा आफुहरु पनि सहकार्य गरी अघि बढ्ने निर्णय गरेको छ ।



बैठकमा पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनसँग मिलेर काम गर्न कुनै समस्या नहुने र पार्टी अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको पनि जानकारी गराउनु भयो ।



