काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
जिम्बाबेको हरारेमा भएको खेलमा नेदरल्याण्ड्सले टस हारेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । समूह ए को चौथो स्थानमा रहेको नेपाल विश्वकपमा छनोटको सम्भावना कायम राख्नको लागि आजको खेल नेपालले जित्नै पर्नै हुन्छ । तर, नेपालले सुरूवाती मै झड्का व्यहोरेको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमै आउट भएका छन् । नेपालले आजको खेल जिते तेस्रो स्थानमा उक्लिेनछ । नेदरल्याण्ड्स दुई खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ भने आफ्नो अन्तिम खेल आज नेपाललाई जीते तेस्रो टोलीको टुंगो नेट रनरेटको आधारमा लाग्नेछ ।



नेपालले नेदरल्याण्ड्ससँग अहिलेसम्म दुईवटा एक दिवसीय खेल खेलेको छ । जसमा दुवै टोलीले एक–एक खेल जितेको छ ।



