काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपालले वेष्टइन्डिजसँग खेल्दैछ । पूर्वविश्व च्याम्पियन वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो । नेपालले दुईपटकको एकदिवसीय र टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपाल र वेष्टइन्डिज बीचको खेल हरारे स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हुनेछ । १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले पहिलो उपाधी जितेको थियो ।



१९७९ मा भएको दोस्रो संस्करणमा इंग्ल्यान्डलाई नै हराई वेष्टइन्डिज पुनः दोस्रो पटक च्याम्पियन बनेको थियो । त्यस्तै वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको थियो । सन् २०१२ मा श्रीलंकालाई हराएर विश्व विजेता बन्दा २०१६ मा इंग्ल्याण्डलाई हराएर च्याम्पियन बनेको थियो । नेपालसँगै समूह ए घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् भने समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।



