काठमाडौँ –राजधानी काठमाडौँ विश्वकै प्रदुषित सहरहरुको सूचीहरुमा फेरि एकचोटि दोस्रो स्थानमा परेको छ । आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको हो ।
आईक्युएयरका अनुसार नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ ।






