सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका– ७, तल्लो बारामा बस दुर्घटनामा हुदा २५ जना घाइते भएका छन् ।  महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुदै काठमाडौंतर्फ जादै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ०१०–०१–१७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ । घाइतेको उद्धार कार्य जारी छ । घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारकालागि पठाइएको छ ।
उनीहरू बैंकको तालिममा सहभागी भएर बर्दिबासबाट फर्कदै थिए । घुमाउरो सडकमा विपरित दिशाबाट आएको स्कुटरलाई जोगाउदा दुर्घटना भएको अनुमान गरिएको छ ।सो वस सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।
बसमा २८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय