काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि शिक्षकको माग गरेको छ । आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्न माध्यमिक तह तृतीय श्रेणी पदका लागि खुला तथा समावेशी शिक्षक माग गरेको हो ।
आयोगले नेपाली शिक्षक १०९ जना, अंग्रेजी शिक्षक १७१ जना माग गरेको छ ।



यसैगरी गणित शिक्षक ११२, विज्ञानमा १०१, गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत २ र संस्कृत भाषामा १ जना शिक्षक माग गरेको छ ।



