शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको हो । आज एक करोड छ लाख कित्ता शेयर चार अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अंकले उकालो लागेका छन ।



जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जालपा सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन हिमालयन बैंकको म्युचल फन्ड भने साढे दुई प्रतिशतले घटेको छ ।न्यादी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, चिरख्वा हाइड्रोपावरको सेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।



