शेयर बजार परिसूचक बुधबार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य छ अंकले बढेर दुई हजार ६० दशमलव ९१ विन्दुमा पुगेको हो । आज दुई सय ६५ वटा कम्पनीका ५० लाख १० हजार शेयर शेयर किनबेच भएका छन । ७७ हजार पाँच सय पटक भएका कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको १५ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बुधबार म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । बुधबार हिमालयन लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । सेन्चुरी डिबेन्चर २०८८ को शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।






