शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ८० अंकले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको हो । मंगलबार सय ७८ वटा कम्पनीका ५६ लाख तीन हजार कित्ता शेयर कारोबार भएका छन् । ६१ हजार तीन सय पटक भएको कारोबारबाट दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो ।

कारोबार रकम भने अघिल्ला दुई दिनको तुलनामा बढी हो । गत सोमबार १ अर्ब ९ करोड रुपैयाँ र आइतबार ३ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । म्युचुअल फन्डबाहेक सबै समूहको शेयर घटेकोको मूल्य आज घटेको छ ।

होटल तथा पर्यटन, जलविद्युत्, बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर साढे सात प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतले ओरालो लागेको छ । बजार राताम्मे भए पनि आज इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ । आज २० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय