काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले एक्जुकेटीभ म्यानेजर श्याम तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक संजीव थापाले पदबाट राजीनामा दिए पछि तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको हो । कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको ५२ औं बैठकले १८ गतेदेखि नै लागु हुने गरि थापाको राजीनामा स्वीकृत गरी तण्डुकारलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएको हो ।
काठमाडौं बबरमहलका स्थायीवासिन्दा तन्डुकारले न्याथमबाट ब्याच्लर अफ होटल म्यानेज्मेन्ट गरेका छन् भने बेलायतबाट होटल म्यानेजमेन्टमा स्नातक गरेका हुन । बेलायतमा रहँदा बिभिन्न होटलमा काम गरेका तण्डुकार सन् २००० देखि निरन्तर होटल ब्यवस्थापन क्षेत्रमा काम गर्दै होटल र्याडिसन लगायतका संस्थामा काम गरेका अनुभवी हुन् । कम्पनीले अर्को व्यवस्था नभए सम्मका कम्पनीमा कार्यरत एक्जुकेटीभ म्यानेजर श्याम तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।






