काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनका लागि आफू हरदिन लागि परेको बताउनु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनका लागि आफु मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको बताउनु भएको हो । उहाँले संघीयता कार्यान्वनयका लागि मुख्यमन्त्रीहरुले आफुलाई पूर्णरुपमा सहयोग गर्नेमा आशा रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले २०७६ सालमा परिषद्सम्बन्धी कानुन बने पनि बैठक नबसेको र संघीयता कार्यान्वयनको लागि आफुले ६ महिनामा २ पटक बैठक राखेर पनि स्पष्ट पार्नुभयो । उहाँले संघीय ऐनहरू निर्माण नै आफ्नो प्रमुख कार्यभार भएकोले सातै प्रदेशले जनतालाई सेवा दिन थालेपछि संघीयता विरोधीले राम्रो जवाफ पाउने भन्दै संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय