काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठक आज पनि बस्दैछ ।

मंगलबार बसेको समितीको बैठकमा राजदुत सिफारिसमा समावेशी नभएको भन्दै प्रश्न उठेको थियो ।
आजको बैठकमा प्रस्तावित ६ राजदूतमाथि परेका उजुरीमाथि छलफल हुनेछ । बैठकमा परराष्ट्रमन्त्री र ३ जना प्रस्तावित राजदूतलाई बोलाइएको छ । प्रस्तावित राजदूतहरूमाथि ६ वटा उजुरी परेकोमा एउटालाई बेनामे भएको भन्दै खारेज गरिएको छ । बाँकी पाँच वटा उजुरी पढेर सुनाइएको थियो ।

बैठक ११ बजे समितिको कार्यालय सिंहदरबारमा बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय