महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वड़ा अध्यक्ष मुकेश यादवको मृत्यु भएको छ । जलेश्वर बर्दिबास सड़क खण्डको औरही बर्दिबास खण्डमा रहेको कलभर्ट नजिकै सड़क भन्दा करिब ७ फिट तल उहाँको शव भेटिएको हो ।
वड़ा अध्यक्ष यादवको शव नजिकै लु.१–०० १ प–६३६२ को पल्सर बाइक समेत दुर्घटनाग्रस्त अबस्थामा भेटिएकोमा उहाँको सवारी दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्थानीयले बिहान मर्निङवाक गर्दा वडा अध्यक्ष यादवको शव बाटोमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवको मृत्युको एकीन कारण भन्न नसकेपनि घटनाको अबस्था हेर्दा दुर्घटना हुन सक्ने बताएको छ ।



