काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी बलको कार्यालय सतुंगलमा आगलागी भएको छ ।

सशस्त्र प्रहरीको सामानहरु राखिएको स्टोरमा आगलागी भएको हो । स्टोरमा प्रहरीका लत्ताकपडाका सामानहरु राखिएको बुझिएको छ । आगलागी के कारणले भयो खुल्न सकेको छैन । घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणको लागि प्रयास गरिरहेका छन् । सतुंगलको यो स्टोर सशस्त्र प्रहरीको केन्द्रीय स्टोर हो । यहाँ जुत्ता, मण्डी, म्याट्रेसलगायतका सामानहरु राखिने गरिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने सशस्त्र प्रहरीको दाबी छ । चार वटा दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय