राजविराजस्थित सप्तरी जिल्ला अदालत बार इकाइले सञ्चालन गरेको लेखापढी व्यवसायी परीक्षालाई लिएर आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ।बार इकाइका पूर्वअध्यक्षद्वय रामप्रसाद चौधरी र कृपानन्द यादवले परीक्षा सञ्चालन तथा त्यससँग सम्बन्धित आर्थिक कारोबार पारदर्शी नभएको आरोप लगाउँदै २३ लाख रुपैयाँभन्दा बढी रकमको हिसाब सार्वजनिक गर्न माग गरेका छन्।

शुक्रबार राजविराजस्थित बार इकाइ परिसरमा पत्रकार सम्मेलन गर्दै पूर्वअध्यक्षद्वयले वर्तमान कार्यसमितिका अध्यक्ष कामेश्वर यादव, सचिव रामएकवाल यादव र कोषाध्यक्ष निलमकुमारी यादवसँग परीक्षार्थीबाट संकलित शुल्क, बैंक मौज्दात, विभिन्न भुक्तानी तथा परीक्षा सञ्चालनमा भएको खर्चको विवरण माग गरेका हुन्। उनीहरूले बार इकाइको आर्थिक कारोबारबारे स्वतन्त्र छानबिन गरी सम्बन्धित कागजात सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्।

पूर्वअध्यक्षद्वयका अनुसार साधारणसभा बोलाउने, आर्थिक हिसाब प्रस्तुत गर्ने तथा लेखापरीक्षणलगायतका विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको छ। यता, आरोप लगाइएका बार इकाइका अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिक्रिया भने समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया र आर्थिक कागजात सार्वजनिक भएपछि मात्रै उठाइएका प्रश्नको वास्तविकता स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय