ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्ने दर्शनार्थिको चाप बढ्दै गएको छ । यो मन्दिरको दर्शन गरे दीर्घ रोग निको हुने, बच्चा नहुनेलाई सन्तान प्राप्ति हुने र सोचेको कुरा पूरा हुने विश्वासकासाथ देश सहित भारतका बिभिन्न राज्यबाट समेत तीर्थयात्रीहरु पुग्ने गरेका छन ।




ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्ने दर्शनार्थिको चाप बढ्दै गएको हो । यो मन्दिरको दर्शन गरे दीर्घ रोग निको हुने, बच्चा नहुनेलाई सन्तान प्राप्ति हुने र सोचेको कुरा पूरा हुने विश्वासकासाथ देश सहित भारतका बिभिन्न राज्यबाट समेत तीर्थयात्रीहरु आउने गरेका छन् । मनले चाहेको भाकल पूरा हुने आशा लिएर भक्तजनहरू दर्शनकालागि टाढा टाढा बाट पुग्ने गरेका छन ।
वार्षिक ३ लाखभन्दा धेरै स्वदेशी तथा विदेशी तिर्थयात्री आउने मन्दिरमा दसैंको समयमा सबैभन्दा बढी दर्शनार्थीको भिड लाग्नेको गरेको छ । पछिल्लो समय बाह्रै महिना मन्दिरमा दर्शनार्थी पुग्ने गरेका छन । पाथीभरा देवीलाई बली चढाउने पनि गरिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् ।

पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ । करिब ५ घण्टाको उकालो चढेपछि तीन हजार सात सय ९४ मिटरको उचाईमा मन्दिर रहेकाले अशक्त, जेष्ठ नागरिक र बालबालिकालाई सकस हुने गरेको छ । हिडन नसक्नेहरु भरीया मार्फत उनीहरु मन्दिरमा पुग्ने गरेका छन् । यसबाट भरियाहरुले राम्रो आम्दानी गर्दै आएका छन ।

तीर्थयात्रीको चाप बढ्दा यस क्षेत्रका होटलहरुसमेत खचाखच हुने गर्छन । पाथीभरा मन्दिरमा सबैभन्दा ठूलो समस्या भनेको पानी हो । मन्दिर परिसरमा पानीको स्रोत नहुँदा भक्तजन तथा मन्दिरका पूजारी लगायत सुरक्षाकर्मीलाई समस्या छ । मन्दिर परिसरबाट तीन किलोमिटर तल रहेको काफ्लेपाटीबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।



