प्राबिधिक शिक्षाको लागी मात्र नभएर एक समय धनकुटाकै मुख्य आकर्षणको केन्द्र थियो धनकुटाको उत्तरपानी । ब्रिटिस सरकारले निर्माण गरिदिएको साना र सुन्दर चिटिक्क परेका घर, चियाबारी, तथा पोखरी बिभिन्न हिमाल र मनमोहक दृष्यले धेरैको मन लोभ्याउथ्यो । तर एक समय सबैलाई लोभ्याउने उत्तरपानी अहिले गुमनाम छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर दश र पाख्रिवास नगरपालिका वडा नम्बर नौ को सिमानामा रहेको रहेको उत्तरपानीमा दुई दशक अघि सम्म यहाँ धेरै पर्यटक पुग्थे । त्यो बेला उत्तरपानी प्राबिधिक शिक्षलयमा ब्रिटिस सरकारले निर्माण गरिदिएको साना र सुन्दर चिटिक्क परेका घर, पोखरी तथा वरीपरीको चिया बगान, डाँडाकाँडा वाट देखिने हिमाल र मानोरम दृष्य तथा वाताबरण निक्कै आकर्षक थियो । हिले पुग्ने धेरै पर्यटक सडक कच्चिनै भएपनि उत्तरपानी सम्म पुन्थे । त्यहाँको सौन्दर्यतामा रमाउथे । त्यो बेला यो स्थानमा केहि फिल्म समेत छायाँङ्कन हुन्थे । तर अहिले अबस्था फेरीएको छ । सडक त कालोपत्रे भएको छ तर उत्तरपानी सम्म पर्यटक पुग्न छाडेका छन् ।

बृटिस सरकारले निर्माण गरीदिएको ति बेलाका सुन्दर घरको सुन्दरता उडेको छ । उत्तरपानीको केहि पोखरी सुकेका छन त केहि पुरीएका छन् । पर्यटक अभावमा हिमाल देखिने डाँडाकाँडा झाडिले ढाकेको छ । पुर्बको ब्यापारीक तथा पर्यटकिय नगरी हिलेवाट दुइ किलो मिटरको दुरीमा रहेर पनि यो स्थान पछिल्लो समय ओझेलमा छ । बक्रकुण्ड मन्दिरवाट पुर्वाधार निर्माण गरी चिया बगानै बगान उत्तरपानी झार्ने र उत्तरपानीका पोखरीहरु संरक्षण गर्ने हो भने उत्तरपानीको पुरानो शाख फर्कने मात्र नभई धनकुटाको मुख्य पर्यटकिय गन्तब्य बन्ने स्थानियको भनाई छ । त्यसो त यो स्थानको पुरानो शाख फर्काउन स्थानिय पछिल्लो समय लागि रहेकै छन् । कोहि घरवास कार्यक्रमको तयारीमा छन् त कोहि उत्तरपानीको पोखरी संरक्षणको लागी प्रयत्न गरीरहेका छन् । सबैले उत्तरपानीको पर्यटकिय शाख पर्काउन मदत गर्नुपर्ने स्थानियको माग छ ।

त्यो त बिभिन्न पहल प्रयत्न भइरहेकै छ । कोहि घरवास कार्यक्रमको तयारीमा छन् त कोहि उत्तरपानीको पोखरी संरक्षणको लागी प्रयत्न गरीरहेका छन् । तर त्यो पुर्ण नभएको धनकुटा नगरपालिका वडा नम्बर दशका वडाध्यक्ष नगेन्द्र पाण्डे बताउनु हुन्छ ।

स्थानिय तह निर्माण भएपछि पहुचको भरमा धेरै स्थानमा पर्यटन पुर्बाधार निर्माण भएका छन् सम्भावना निक्कै कम भएका स्थानमा समेत पुर्बाधार निर्माण भए तर कतिपय स्थानमा पर्यटकको पाइलै नपुगी पुर्बाधार जिर्ण बनिसकेका छन् । तर पानी र पर्यटनको प्रसस्त सम्भावना भएरपनि उत्तरपानी स्थानिय, संघ र प्रदेश सबैको बेवास्थामा परीरहेको छ । उत्तरपानीको सिमसार संरक्षण गर्न सके पर्यटन मात्र नभइ पानी समेत संरक्षण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय