नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् । पार्टीको काम गरेर पार्टीलाई बलियो बनाउन कसैले कसैलाई नरोकेको स्पष्ट पार्दै उनले आफू सभापतिमा रहेर काम गर्ने यो नै अन्तिम कार्यकाल भएको र अब युवा पुस्ताकै पालो भएको पनि बताए ।

सभापति देउवाले पार्टी बलियो बनाउन सबै एकजुट भएर जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने पनि बताए ।कार्यक्रममा नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको आरोप लगाए । उनले पार्टीलाई विधिसम्मत रुपमा अघि बढाए काँग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने दाबी गरे ।नेता सिंहले काँग्रेस पार्टीको जस्तो राम्रो विचारधारा भएको अन्य कुनै पार्टीको नरहेको जिकिर समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय