काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरिएको छ ।
संगठानात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविपरित गतिविधि गरेको भन्दै कर्माचार्यलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका कार्यकर्तालाई कर्माचार्यको गतिविधिप्रति भ्रममा नपर्न उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आग्रह गर्नुभयो ।






