प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने प्रतिवद्धता पनि जनाए ।
उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरा प्राथमिकतामा राखेको र संघीयता कार्यान्वयनका लागि बाँकि कानूनहरुको निर्माण कार्यलाई अघि बढाएको पनि बताए ।प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरु कार्यान्वयन गरिरहेको पनि जिकिर गरे ।






