काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकै बीच छलफल सकेपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाकै बीच बहुमतले पारित गरेको घोषणा गरे ।
त्यसअघि नीति तथा कार्यक्रममा विष्णु पौडेल,जनार्दन शर्मा,स्वर्णिम वाग्लेलगायतले छलफलमा सहभागी भएका थिए। सांसद चित्रबहादुर केसी, प्रेम सुवालले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो भने छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए। सोसँगै सभामुख घिमिरेले निर्णयार्थ पेस गरेकामा बहुमतले पारित भएको बताए । आगामी बैठक बजेट प्रस्तुत हुने दिन जेठ १५ गते लाई बोलाइएको छ ।






