काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले एनसेलको नवीकरण कानूनविपरीत गरेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद शाहले एनसेल र प्रधानमन्त्रीबीचको सम्बन्धबारे जवाफ माग गर्नुभयो ।
नेपालको कानून ठूलाबडालाई एउटा सानालाई अर्को हुन्छ भन्दै सरकारलाई प्रश्न गर्नुभएको थियो । एनसेलले अर्बौं रकम राजश्व सरकारलाई नबुझाएको र यदि विदेशी लगानीकर्ता देशै छोडेर भागे प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने बताउनु भयो ।



उहाँले आम जनताले आफ्नो संस्था नवीकरण गर्दा राज्यले राजश्वमा निर्चोने ठूलाबडाको अर्बौ रकम राजश्व तीन बाँकी रहँदा पनि नविकरण र राज्यको सम्पूर्ण सेवा सुविधा पाउने व्यवस्था कही नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।



