सिन्धुली- सिन्धुली जिल्लाको सुनकोशी, मरिण, र कमलाखोच क्षेत्रमा सरकारी मापदण्ड विपरित अबैध रुपमा सञ्चालन भइरहेको क्रसरहरुले मानव बस्तीमा समेत दिनदिनै जोखिम निम्त्याइरहेका छन् । सुनकोशी ,मरिण, कमलाखोच क्षेत्रमा मानव बस्ती र प्रमुख राजमार्ग तथा सडक पुलकै आसपास अबैध रुपमा नदीजन्य पदार्थ गिट्टी वालुवा रोडा र ढुंगाहरुको जथाभावी रुपमा उत्खनन् र निकासी गर्दा विपी,मदन भण्डरी र मध्यपहाडी राजमार्ग जोखिममा परिरहेका छन् ।

सिन्धुली जिल्लाका स्थानीय तहहरुले नियम विपरित संचालनको अनुमति दिएका त्यस्ता दोहनकारी क्रसर उद्योगहरुले खेतीयोग्य जग्गाहरुको क्षगिकरण गर्नुका साथै वातावरणीय असर पर्याउदा जन स्वास्थ्यमा प्रतिकुल असर पर्र्र्दै जान थालेको छ ।प्रारम्धमा वालुवा चाल्ने प्रयोजनकालागि भन्ने बहानामा संचालन हुदै आएका त्यस्ता अबैध क्रसर उधोगहरुका कारण सुनकोशी,कमला र मरिणनदीको नदीजन्य पदार्थको उत्खनन् गर्दा र नदीमा बाढीको प्रकोप बढ्ने,पहिरो र खहरे जाने जस्ता विपतिहरु दोहोरिई रहेका छन् ।

सरकारी सम्बन्धित निकायले अनुगमन र नियमन गर्न नसक्दा सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका,कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका विभिन्न स्थानहरुमा गरी दुई दर्जनको हाराहारीमा अबैध क्रसर सञ्चालनमा रहेको एक तथ्यांकले देखाएको छ । वातावरणीय प्रभावलाई ध्यान नदिई क्रसर उद्योग चलाएको र मापदण्डविना, स्वीकृत अधिकारभन्दा फरक काम गर्ने गरि क्रसरहरु चल्दा स्थानीयहरु मारमा परेका छन । सुनकोशीमा सञ्चालनमा रहेका ४ वटा क्रसर उद्योगहरुले वातावरणीय प्रभावलाई समेत ध्यान नदिई सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय