काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्टाचारीलाई जोगाउनतर्फ लागेको आरोप लगाउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभामा उहाँले कांग्रेस एमाले मिलेर बनेको सरकारले भ्रष्टाचारीलाई जोगाई भ्रष्टाचारको निम्ति ठाउँ बनाउँदै गएको बताउनु भएको हो । उहाँले पार्टीको नेतृत्वलाई बलियो बनाएर नेतृत्वको वरिपरि गोलबन्दी भई पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको उल्लेख गर्नुभयो ।



श्रेष्ठले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालनको आवश्यक रहेको बताउनु भयो ।



