काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कहि कतै सम्झौता नगर्ने बताउनु भएको छ ।
साहले आफ्नो सामाजिक संजाल फेसबुकमा देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै पनि कानुन र अदालतलाई नमान्ने बताउनु भएको हो । उहाँले विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएसम्म काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने निर्णय गरेसँगै सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि साहले सामाजिक संजालबाट आफ्नो अभिव्यक्ति दिनुभएको हो ।




मेयर बालेनले फिल्म आदिपुरुषमा नेपाल भारतको अधिनमा थियो भन्ने कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो भन्ने स्पष्ट हुन्छ भन्नु भएको छ । साथै उहाँले अदालत र सरकार भारतको गुलाम भएको स्पष्ट भएको पनि बताउनु भयो । उहाँले यदि अदालतको आदेश नमान्दा आफू जुनसुकै सजाय भोग्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।



